आधा दर्जन एसएसपीको सरुवा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

आधा दर्जन एसएसपीको सरुवा


१४ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । ६ जना एसएसपीको सरुवा गरिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रहरी परिसरका एसएसपी भूपेन्द्र खत्रीसहित ६ जना एसएसपीको सरुवा गरेका हुन् ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका एसएसपी खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ भने विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौँ प्रमुखको जिम्मेवारी दिइएको छ ।

उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषदमा सरुवा गरिएको छ भने परिषदमा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा आएका छन् ।

प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा पठाइएको छ ।

कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा ल्याइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस