लोसपाले पठायो समानुपातिक सांसदको नामावली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोसपाले पठायो समानुपातिक सांसदको नामावली


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले शुक्रबार प्रदेश सभातर्फ समानुपातिक सदस्यहरूको नाम निर्वाचन आयोगमा पठाएको छ । 

लोसपाका कार्यकारिणी सदस्य केशव झाका अनुसार मधेस प्रदेशबाट मधेसी महिला कोटामा रुपा कुमारी यादव र मधेसी अल्पसङ्ख्यक महिला कोटामा रमिता प्रधानको नाम पठाइएको छ । लोसपाले मधेस प्रदेशमा प्रदेश सभातर्फ प्रत्यक्षमा सात वटा सिट जितेको छ । त्यसमा दुई सिट समानुपातिकमा पाएको हो । 

त्यस्तै, लुम्बिनी प्रदेशबाट खस आर्य महिला कोटामा हेमा वेल्वासे केसीको नाम पठाइएको छ । लोसपाले लुम्बिनी प्रदेशमा प्रदेश सभातर्फ प्रत्यक्षमा दुई सिट समानुपातिकमा एक सिट प्राप्त गरेको छ । 

लोसपाले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा चार सिट मात्र जितेको छ । समानुपातिक मत तीन प्रतिशत भन्दा कम आएका कारण राष्ट्रिय दलको मान्यता पाउन सकेन ।  

Tags :
प्रतिक्रिया दिनुहोस