करेन्ट लागेर सुर्खेतमा एकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

करेन्ट लागेर सुर्खेतमा एकको मृत्यु


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौँ। वीरेन्द्रनगरमा विद्युतको मेनलाइनमा छोइएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

वीरेन्द्रनगर १० घुस्रा बस्ने ४० वर्षीय भीमबहादुर चौधरीको ज्यान गएको हो । आफ्नै घरको छतमा जस्तापाता तान्ने क्रममा विद्युतको मेनलाइनमा छोइँदा करेन्ट लागेर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

शुक्रबार साँझ ६ बजेतिर घाइते भई कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस