जग्गा विवादमा धनुषामा एकजनाको मृत्यु, चार घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जग्गा विवादमा धनुषामा एकजनाको मृत्यु, चार घाइते


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । धनुषामा जग्गा विवादलाई लिएर दुई छिमेकीबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। मृत्यु हुनेमा मिथिला बिहारी नगरपालिका-४ बस्ने अन्दाजी ५३ वर्षीय प्रभु यादव रहेका छन्।

मृतककी श्रीमती महाजनी यादव, जेठो छोरा जगरनाथ यादव, माइलो छोरा सन्तोष यादव र कान्छा छोरा अशोक यादव घाइते भएका प्रहरीले जनाएको छ। घाइतेहरूको उपचार जनकपुरको प्रादेशिक अस्पतालमा भइरहेको छ। घाइतेमध्ये सन्तोष यादवको अवस्था चिन्ताजनक रहेको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

घाइते अशोक यादवका अनुसार बिहीबार राति ८ बजेको समयमा खाना खाएर घरको बरन्डामा आगो तापिरहेको वेला स्थानीय सुरज यादवले १०-१२ जनाको समूहमा घरेलु हतियारसहित आएर आक्रमण गरेका थिए। प्रभु यादवको घटनास्थलमै मृत्यु भएको छोरा सुरजले बताएका छन्।

मृतक प्रभु र स्थानीय सुरजको खेत सँगै जोडिएको छ। सो खेतको आलीको विषयमा दुई महिनादेखि उनीहरूको विवाद हुँदै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको धनुषाका प्रहरी नायव उपरीक्षक दीपक रायले बताए। प्रहरीले घटनामा आरोपितमध्ये ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस