सिपी गजुरेलको आरोप-प्रचण्ड खलनायकमा रूपान्तरण भए  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सिपी गजुरेलको आरोप-प्रचण्ड खलनायकमा रूपान्तरण भए 


२५ आश्विन २०७९, मंगलबार


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका कार्यवाहक महासचिव सिपी गजुरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नायकबाट खलनायकमा रूपान्तरण भएको आरोप लगाएका छन् ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले मङ्गलवार बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेता गजुरेलले माओवादीले गरेको सशस्त्र युद्धसम्म नायक रहेका प्रचण्ड संसदीय राजनीतिमा आएसँगै नायकबाट खलनायकमा रूपान्तरण हुँदै गएको आरोप लगाएका हुन् ।

माओवादीको मुख्य एजेण्डा जनगणतन्त्र स्थापना गर्नु भएको र त्यसैका लागि संविधानसभा चुनावबाट संविधान बनाउन शान्तिपूर्ण राजनीतिमा आएपछि प्रचण्डले आफ्ना एजेण्डाहरु छाड्दै गएको बताए ।

युद्धकालमा भारतविरुद्ध सुरुङ युद्ध गर्ने भनेका प्रचण्ड सरकारमा गएपछि राष्ट्रियताका एजेण्डा छाड्दै गएको गजुरेलले बताए ।

सरकारमा रहेका दलहरूले चुनाव अघि नै गठबन्धन गरेर जानु लोकतन्त्र नभई लुटतन्त्र भएको नेता गजुरेलले बताए ।

गजुरेलले अहिलेको संविधान नै त्रुटिपूर्ण रहेकाले चुनावमा भाग लिएर जनताको पक्षमा काम गर्न नसकिने भएकाले आफ्नो पार्टीसहितका चार दलले चुनाव शान्तिपूर्ण बहिस्कार गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस