नेपालीको औषत आयु ७१.३ वर्ष « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

नेपालीको औषत आयु ७१.३ वर्ष


२३ बैशाख २०८१, आइतबार


काठमाडौँ । अहिले नेपालको कुल औषत आयु ७१.३ वर्ष पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालय, जनसङ्ख्या शाखाले जनसाङ्ख्यिक सूचकहरू सहितको विवरण सार्वजनिक गरेको छ । 

पुरुषको ६८.२ रहेको छ भने महिलाको ७३.८ वर्ष रहेको छ । पुरुष र महिलाको मृत्युको ग्याप बढ्दै गएर करिब ५ वर्षले फरक छ । सबैभन्दा बढी कर्णाली प्रदेशमा ७२.५ वर्ष मानिसहरू बाँच्दछन् । सबैभन्दा कम ६९.५ वर्ष लुम्बिनी प्रदेशमा रहेको छ । 

दोस्रोमा कोशी प्रदेशमा ७०.४, सुदूरपश्चिममा ७१.३, मधेस प्रदेशमा ७१.८, गण्डकी प्रदेशमा ७२.१, बागमती प्रदेशमा ७२.४ रहेको छ । कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औषत आयु सबैभन्दा बढी छ । जसमा ७५.५ रहेको छ । 

सबैभन्दा कम महिलाहरूको औषत आयु लुम्बिनी प्रदेशमा ७२.५ वर्ष रहेको छ । हरेक उमेर समूहमा पुरुषको मृत्यु महिलाको भन्दा छिटो हुने गरेको तथ्याङ्कले देखाएको छ । २०३८ सालमा भने पुरुषको औषत आयु नेपालमा बढी रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस