डा. दीपक काफ्ले सचिवमा बढुवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डा. दीपक काफ्ले सचिवमा बढुवा


१९ श्रावण २०७९, बिहिबार


काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव डा. दीपक काफ्लेलाई सचिवमा बढुवा गरेको छ ।

बिहीबार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले पहिलो नम्बरमा सिफारिस गरेका डा. काफ्लेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव त्रय डा. काफ्लेसहित नारायण शर्मा दुवाडी र दिनेश घिमिरेको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

डा. काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखको जिम्मेवारीमा छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने अनिवार्य अवकाशमा गएसँगै प्रशासन तर्फ एक सचिव पद रिक्त भएको थियो ।  

Tags :
प्रतिक्रिया दिनुहोस