चुनावपछि गठबन्धन समाप्त हुने ओलीको दाबी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चुनावपछि गठबन्धन समाप्त हुने ओलीको दाबी


२६ बैशाख २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनपछि सत्तारुढ गठबन्धन समाप्त हुने दाबी गरेका छन् ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको गन्तव्य नै नभएको भन्दै वैशाख ३० गतेको स्थानीय तह निर्वाचनपछि गठबन्धन समाप्त हुने बताए ।

सोमबार ललितपुरको जावलाखेलमा एमालेद्वारा आयोजित चुनावी सभामा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै यो गठबन्धनको गन्तव्य के हो भन्ने थाहा नभएको जिकिर गरे ।

ओलीले भने, ‘शेरबहादुर देउवालाई सोध्नुस् त यो गठबन्धन के हो भनेर ? उहाँ आफैँले सोध्नुहुनेछ गठबन्धन भनेको के ? उल्टै निहुँ खोज्या भन्नु हुन्छ । प्रचण्डलाई सोध्यो भने छोरीलाई भोट हाल्ने हो भन्छन् । माधव नेपालले अर्कै भन्लान् । यिनीहरूको गन्तव्य नै केही छैन । भोलि कता जाने हो ? केही थाहा छैन यिनीहरूलाई । शेरबहादुरजीले प्रधानमन्त्री चिनेको छ । पोखरा गएर भनिहाल्नु भयो नि गठबन्धन नभएको भए प्रधानमन्त्री हुन्थें भनेर । अब ३० गतेपछि यो पाँच दलीय गठबन्धन वाग्मतीमा सलल । अब गठबन्धन चल्ने वाला छैन । यो गन्तव्य नभएको, हाटहुट, लाटलुटमा चलेको गठबन्धन हो । यसले हाम्रा पार्टीका कार्यकर्तालाई गुण्डागर्दीको शैलीमा हमला गर्छ । जनतालाई तर्साउने काम मात्रै गर्छ, निर्वाचनको बेलामा ।’

यस क्रममा ओलीले मुलुकमा लुटलाट र हाटहुट गर्न सत्तारुढ गठबन्धन बनेको गम्भीर आरोपसमेत लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस