श्रीलङ्काका पूर्व राष्ट्रपति सिरिसेनाद्धारा नयाँ निर्वाचन गर्न माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

श्रीलङ्काका पूर्व राष्ट्रपति सिरिसेनाद्धारा नयाँ निर्वाचन गर्न माग


१९ बैशाख २०७९, सोमबार


काठमाडौँ । श्रीलङ्काका पूर्व राष्ट्रपति तथा श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) का अध्यक्ष मैत्रीपाला सिरिसेनाले नयाँ निर्वाचनको माग गरेका छन् ।

देशले ठुलो विपत्तिको सामना गरिरहेको बेला राजनीतिज्ञहरूले जनताको पक्ष लिनुपर्ने बताउँदै उनले सोही उद्देश्यका लागि अन्तर्राष्ट्रिय श्रमिक दिवसमा सडकमा उत्रिएको बताए ।

सरकारको विरोधमा देशका धनीदेखि निर्दोष पीडामा परेका किसान र सरकारी कर्मचारी सडकमा उत्रिएको उनले स्मरण गरे । देशमा हजारौँ समस्याले जनता मर्कामा परेका बेला आफू घरमा बस्न नसकेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस