श्रम सचिव अर्याल र कार्यवाहक राजदूत मोहम्मद बिच भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

श्रम सचिव अर्याल र कार्यवाहक राजदूत मोहम्मद बिच भेटवार्ता


१३ बैशाख २०७९, मंगलबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एक नारायण अर्यालसँग नेपालस्थित मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फ्याजल हसनले भेटवार्ता गरेका छन् । सिंहदरवारस्थित मन्त्रालयमा मङ्गलवार(आज) भएको भेटवार्ताका क्रममा सचिव अर्यालले द्विपक्षीय हित र सहकार्यसँगै कामदारहरूको विषयमा कुरा राखेका थिए ।

मलेसियामा रहेका नेपाली कामदाहरुको लागि सुरक्षित वातावरण बनाउन जोड दिएका सचिव अर्यालले नेपाली कामदाहरुले पाउने सेवा सुविधा, कामदारको कोटा बढाउने तथा डेथ बडी म्यानेजमेन्टका विषयमा छलफल गरेका थिए । शून्य लागतमा कामदार लैजाने विषयमासमेत कार्यवाहक राजदूतसँग कुरा भएको छ ।

सचिवसँगै कार्यवाहक राजदूत हसनले मन्त्री कृष्णकुमार श्रेष्ठसँग पनि भेटवार्ता गरेका छन् । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री, सचिवसहितको टोली चार दिने मलेसिया भ्रमणमा जानु अघि राजदूत हसनले भेट गरेका हुन् ।

सम्बन्धित समाचार : श्रम मन्त्री नेतृत्वको टोली बुधवार मलेसिया जाने

भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्नेछन् भने सचिव अर्यालले मलेसियाका गृह सचिव र सामाजिक सुरक्षा सङ्गठनका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मन्त्रीसहित सचिव अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा। थानेश्वर भुसालसहितको टोलीले भ्रमणका क्रममा नेपालमा आयोजना हुने नेपाल–मलेसिया संयुक्त समितिको बैठकका एजेन्डा तय गर्ने कार्यक्रम पनि रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस