सहकारी सञ्चालकको सम्पत्ति बिक्री गरेर बचत फिर्ता गर्ने गृह मन्त्रीको आश्वासन  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सहकारी सञ्चालकको सम्पत्ति बिक्री गरेर बचत फिर्ता गर्ने गृह मन्त्रीको आश्वासन 


१४ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी पीडितसँग आज सिंहदरवारबाट छलफल गरेका छन् । हिजो (बिहीबार) लामिछानेले सहकारी पीडितको पैसा फिर्ता गर्नको लागि अधिकार सम्पन्न समिति बनाउने प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए ।

समिति बनाउन प्रस्ताव लगेकोमा धन्यवाद दिन आएका सहकारी पीडितसँग गृहमन्त्रीले छलफल गरेका हुन् ।

सहकारी पीडितहरूले अधिकार सम्पन्न समिति बनाउन माग गरेका थिए । देशभर ७४ लाख सहकारी पीडित रहेका छन् ।

सहकारी पीडितले धेरै बिचौलियाहरूको चलखेल भइरहेको छ र अभियानको रूपमा आर्थिक चलखेल भएको बताएका थिए भने सहकारी पीडितहरूको संघर्ष समिति संगठन आफ्नो भएको बताएका छन् ।

‘सयौँ बचतकर्ताको बचत रकम फिर्ता नदिनेलाई कारबाही गर्ने छौँ । यो समस्या छिटोभन्दा छिटो टुङ्ग्याउन काम सुरु भएको छ । सहकारी सञ्चालकको नाममा रहेको सम्पत्ति र आफन्तको नाममा रहेको सम्पत्ति रोक्का गरेर विक्री गरी सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्नु पर्छ । कुनै सहकारी सञ्चालकले आफन्तको नाममा सम्पत्ति राखेर आफू चोखिन मिल्दैन । सहकारी सञ्चालकले आफ्नो नाममा कहाँ कहाँ सम्पत्ति राखेको छ खोजौँ । सुरुमा २ वटा सहकारीबाट सुरु गरौँ । त्यसपछि प्रदेश गत जाऊँ । लाखौँ सहकारी र लघुवित्त पीडित समस्यामा रहेका छन्,’ सहकारी पीडितसँगको छलफलमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस