कामपामा ११६ जनप्रतिनिधिले दिए राजीनामा « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

कामपामा ११६ जनप्रतिनिधिले दिए राजीनामा


१२ बैशाख २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा ११६ जनप्रतिनिधिले राजीनामा दिएका छन् ।

यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनका उनीहरूले हाल बहाल रहेको पदबाट राजीनामा दिएका हुन् ।

हिजो (आइतबार) ५ बजेसम्ममा वडाध्यक्ष र कार्यपालिका सदस्य गरी २९ जनाले राजीनामा दिएका छन् भने ८७ वडा सदस्यहरूले पनि हिजै राजीनामा दिएको कामपाको सहायक प्रवक्ता महेश काफ्लेले जानकारी दिए ।

स्थानीय तह निर्वाचन उम्मेदवारी दर्ता गर्नका लागि सरकारको स्वामित्वमा रहेको कुनै संस्थामा पारिश्रमिक पाउने भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा बुझाउनुपर्ने कानुनी मान्यताअनुसार जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।

कामपाको वडा ५, ६, ७, १०, १४, २५, २६ र ३१ गरी ८ वटा वडाका अध्यक्षबाट राजीनामा आउन बाँकी छ ।

आजसम्म उम्मेदवारी दर्ता गर्ने समय बाँकी रहेकाले अरु जनप्रतिनिधिबाट राजीनामा आउन सक्ने कामपाको भनाइ छ ।

निर्वाचनमा उम्मेदवारी नदिने हो भने राजीनामा दिनुपर्ने छैन । कामपामा प्रमुख, उपप्रमुखसहित १६० जनप्रतिनिधि छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस