४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धुञ्चे-गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

अ+ अ-

रसुवा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे-गोसाइँकुण्ड केबलकार निर्माणमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

चालु आर्थिक वर्षको चैतसम्म रसुवा जिल्लामा भएका विकास निर्माणको लेखाजोखा गर्न जिल्ला समन्वय समितिले आज सदरमुकाम धुञ्चेमा आयोजना गरेको समीक्षा गोष्ठीलाई मन्त्री जोशीले धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड जान सहज बनाउनका लागि धुञ्चे-गोसाइँकुण्ड केबलकार निर्माण आवश्यक रहेको बताए । 

उनले जिल्लाको समग्र विकासका कार्यक्रम तर्जुमा गर्दा कुनले के काम गर्ने भन्ने विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिबीच एकआपसी छलफल गरेर समन्वयात्मक तवरले अगाडि बढ्न आग्रह गर्नुभयो । मन्त्री जोशीले स्थानीय तहमा युवालाई रोजगार सिर्जना, बढी प्रतिफल दिने कार्यक्रम तर्जुमा गर्न सुझाव दिए । 

जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरेको सभापतित्वमा भएको समीक्षा गोष्ठीमा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य साङ्तेम्वा तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष मानबहादुर तामाङ, उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङलगायतले रसुवाली सबैखाले विकास निर्माणका योजना तर्जुमा गर्नु पूर्व सबै पक्षको समन्वय गर्न जरुरी रहेको बताए।

प्रतिक्रिया दिनुहोस