महाधिवेशनका सबै प्रतिनिधि चुनिएर आउनुपर्ने एकीकृत समाजवादीको निर्णय « प्रशासन
Logo १७ जेष्ठ २०८१, बिहिबार
   

महाधिवेशनका सबै प्रतिनिधि चुनिएर आउनुपर्ने एकीकृत समाजवादीको निर्णय


२ जेष्ठ २०८१, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सबै महाधिवेशन प्रतिनिधिहरू चुनिएर आउनुपर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन प्रतिनिधि सम्बन्धित कमिटीबाट निर्वाचित भएर आउनुपर्ने निर्णय गरेको हो ।

बैठकले दशौं महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज पारित गर्नका साथै दस्तावेज माथिको छलफल सबै मातहत कमिटीले सञ्चालन गर्ने र सुझाव पठाउने निर्णय पनि गरेको छ ।

नेकपा एसको महाधिवेशन असार १६-२० काठमाडौँमा हुँदैछ । यस्तै बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वपूर्ण समसामयिक प्रस्तावहरू समेत पारित गरेको छ ।

मंगरबार र बुधबार सम्पन्न बैठकले पारित गरेका निर्णय सार्वजनिक गर्न भोलि बिहान १० बजे केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस