निलम्बनविरुद्ध गभर्नर अधिकारी गए सर्वोच्च « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

निलम्बनविरुद्ध गभर्नर अधिकारी गए सर्वोच्च


४ बैशाख २०७९, आइतबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी सरकारविरुद्ध सर्वोच्च अदालत गएका छन् ।

गएको चैत २५ गते सरकारले अधिकारीमाथि छानबिन समिति गठन गरेपछि अधिकारी गभर्नर पदबाट निलम्बित भएका हुन् । आफूमाथिको छानबिन समिति गठन गैर कानुनी भएको भन्दै अन्तरिम आदेशमार्फत सरकारको निर्णय खारेजीका लागि अधिकारी सर्वोच्च गएका हुन् ।

अधिकारीको रिट निवेदन तयार गरेर उनका वकिल सर्वोच्च गएका छन् । सर्वोच्च स्रोतका अनुसार अधिकारीका तर्फबाट दायर रिट आज दर्ता नहुने भएको छ । रिट भोलि दर्ता भएपछि प्रक्रियाअनुरूप पेसी तोकिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस