गभर्नर निलम्बनको निर्णय निन्दनीय, तत्काल सच्याऊ : कमल थापा « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गभर्नर निलम्बनको निर्णय निन्दनीय, तत्काल सच्याऊ : कमल थापा


२६ चैत्र २०७८, शनिबार


काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी निलम्बन गर्ने सरकारको निर्णयको निन्दा गरेका छन् ।

मुलुकको अर्थतन्त्रबारे गलत अफवाह फैलाएको र गम्भीर सूचना चुहाएको भन्दै मन्त्रिपरिषद्ले छानबिन समिति गठन गरेको छ भने अर्थ मन्त्रालयले अधिकारीलाई हिजो (शुक्रबार) निलम्बन पत्र थमाएको छ।

यसमा टिप्पणी गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले निर्णयलाई अदूरदर्शी, गैर जिम्मेवार र निन्दनीय भनेका छन् ।

‘अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा हचुवाको भरमा नेपाल राष्ट्र बैङ्कको गभर्नरलाई निलम्बन गर्ने सरकारको निर्णय अदूरदर्शी, गैर जिम्मेवार र निन्दनीय छ,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

यसले समग्र आर्थिक क्षेत्रमा गलत सन्देश प्रवाहित भएको उनको टिप्पणी छ। यो निर्णय तत्काल सच्याउनु राम्रो हुने भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस