टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल


२४ चैत्र २०७८, बिहिबार


काठमाडौँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकका सुनील पौडेललाई नियुक्त गर्ने निर्णय भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा जारी मन्त्रिपरिषद्को बैठकले पौडेललाई प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको उच्च विशेष सूत्रले प्रशासनलाई जानकारी दिएको छ ।

सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले ९ जनामध्ये टेलिकममा कार्यरतसहित तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । जसमा टेलिकमकै निर्देशक सङ्गीता पहाडी अर्याल, पूर्व एमडी बुद्धि आचार्य र सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनील पौडेलको नाम पठाइएको थियो ।

सम्बन्धित समाचार : टेलिकमको प्रबन्ध निर्देशकका लागि तीनको नाम सिफारिस

पौडेललाई नै ल्याउनको लागि टेलिकमको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका संशोधन गरेको भन्दै यसअघि नै त्यसको विरोध हुँदै आएको थियो । त्यसका बाबजुद पनि बैठकले तिनै पौडेललाई नियुक्त गरेको ती स्रोतले बताएको छ ।

सम्बन्धित समाचार : मन्त्रिपरिषद् बैठक बस्दै, टेलिकमको प्रवन्ध निर्देशक नियुक्त हुँदै

सम्बन्धित समाचार : टेलिकम प्रबन्ध निर्देशकको नियुक्ति हुँदै, कसले मार्ला बाजी

नियुक्ति प्रक्रिया सुरु भएदेखि नै टेलिकमको वर्तमान प्रमुख व्यावसायिक अधिकृत पहाडी र पौडेलको चर्चा थियो । पहाडी यसअघि पनि तीन जनाको सिफारिसमा अटाएकी थिइन् ।

टेलिकमको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी गत पुस २२ मा सेवानिवृत्तभएसँगै कायमुकायक प्रबन्ध निर्देशकको जिम्मेवारी प्रतिभा वैद्यले सम्हाल्दै आएकी थिइन् ।

ओली सरकारले २०७५ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक बनाएका पौडेललाई तत्कालीन सञ्चार मन्त्री गोकुल बास्कोटाका विश्वासपात्रका रुपमासमेत लिइँदै आइएको थियो ।

प्रधानमन्त्रीकै चाहना अनुसार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत मन्त्रालयले पौडेललाई टेलिकममा ल्याउन सजिलो पार्ने गरी मापदण्ड नै फेरेको थियो। काँग्रेस नेतृत्वको सरकारलेसमेत पत्याएका पौडेललाई टेलिकमको प्रबन्ध निर्देशक सञ्चार मन्त्री, मन्त्रालयका उच्च पदाधिकारीहरूले नै चासो दिँदै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस