मन्त्रिपरिषद् बैठक बस्दै, टेलिकमको प्रवन्ध निर्देशक नियुक्त हुँदै « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

मन्त्रिपरिषद् बैठक बस्दै, टेलिकमको प्रवन्ध निर्देशक नियुक्त हुँदै


२४ चैत्र २०७८, बिहिबार


काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज (बिहीबार) बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अपराह्न चार बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै विभिन्न निर्णय र नियुक्तिहरू गर्दै छ ।

आजकै बैठकले नेपाल टेलिकमको प्रवन्ध निर्देशक पनि नियुक्त गर्न लागेको सञ्चार उच्च स्रोतले जानकारी दिएको छ । बुधवार साँझैसम्म बसेको सिफारिस समितिले पठाएका तीनमध्ये एक जनालाई सरकारले प्रवन्ध निर्देशक नियुक्त गर्ने निर्णय गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस