यमनका राष्ट्रपतिद्वारा नयाँ परिषद् गठन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यमनका राष्ट्रपतिद्वारा नयाँ परिषद् गठन


२४ चैत्र २०७८, बिहिबार


रियाद । यमनका राष्ट्रपति अबेड्राब्बो मन्सुर हाडीले बिहीबार नयाँ परिषद् गठन गरेका छन् ।

युद्धग्रस्त मुलुक यमनमा हुथी विद्रोहीसँग सङ्घर्ष गरिरहेको सरकारलाई नयाँ स्वरूप दिन उनले उक्त उच्चस्तरीय परिषद् गठन गरेका हुन् ।

साउदी अरबको राजधानी रियादमा आयोजना गरिएको शान्ति वार्तामा हुथी विद्रोही सहभागी नभएपछि उनले परिषद् गठन गरेका हुन् । साउदी अरब आफूहरूको मुख्य शत्रु भएकाले साउदी अरबमा वार्ता गर्न जान नसकिएको हुथी नेताहरूले बताएका छन् ।

यमनमा हुथी व्रिद्रोहीविरुद्ध लड्दै आएको सरकारलाई साउदी अरबको सहयोग रहेकोले साउदी अरबलाई हुथी विद्रोहीहरूले मुख्य शत्रु मान्ने गरेका हुन । सो सरकारलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन रहेको छ ।

यमनमा सन् २०१४ देखि सरकारी पक्ष र हुथी विद्रोहीबिच सङ्घर्ष चल्दै आएको छ । विश्लेषकहरूले हुथी विद्रोहीको समर्थन विनाको परिषद्को औचित्य हुन नसक्ने बताएका छन् । उनले गठन गरेको परिषद् आठ सदस्य रहेको र त्यसको नेतृत्व पूर्व गृहमन्त्री तथा उनकै सल्लाहकार रसद अल अलिमिले गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस