स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दललाई भाग लिन गृहमन्त्री खाँणको आग्रह « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दललाई भाग लिन गृहमन्त्री खाँणको आग्रह


९ चैत्र २०७८, बुधबार


कपिलवस्तु । स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलहरूलाई भाग लिन गृहमन्त्री बालकृष्ण खाँणले आग्रह गरेका छन् ।

वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलहरूले सहभागी हुन आवश्यक रहेको गृहमन्त्रीले बताए ।

कपिलवस्तुको चन्द्रौटामा बुधवार सशस्त्र प्रहरी बल बाहिनी नम्बर ५ विन्ध्यवासिनीको मुख्यालयको उद्घाटन गर्दै गृहमन्त्री खाँणले मुलुकको विकासमा हातेमालो गर्दै अगाडि बढ्न र स्थानीय निर्वाचनमा सबै राजनीतिक दल सहभागी हुन आवश्यक रहेको बताएका हुन् ।

गृहमन्त्री खाँणले स्थानीय निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष तरिकाले सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए । नागरिकको आफूले उपयुक्त ठानेका प्रतिनिधि छान्ने अधिकार प्रत्याभूत गराउनका लागि आवधिक निर्वाचन बेलैमा गर्न सरकार प्रतिबद्ध रहेको पनि उनको भनाइ थियो ।

त्यस्तै, सशस्त्र प्रहरीका अधिकृत र जवानहरूको लामो समयदेखि रोकिएको वृत्ति विकास सुचारु गर्ने तयारीमा सरकार रहेको पनि गृहमन्त्रीले जानकारी दिए । लामो समय सशस्त्र प्रहरी बलमा सेवा गरेर अवकाश भई घर फर्किँदा समाज र परिवारमा कसरी सम्मानित बनाउन सकिन्छ भन्ने विषयमा सरकार लागिपरेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस