तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान


२६ बैशाख २०८१, बुधबार


खाँदबारी (सङ्खुवासभा) ।  विमानस्थल वरपरको डाँडामा फैलिएको तुवाँलो हटेपछि हिमाली जिल्ला सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा दुई सातापछि आज उडान भएको छ । 

यही वैशाख १० पछि तुम्लिङटारको ‘भिजिबिलिटी’ एक किलोमिटर मात्रै भएपछि उडान प्रभावित हुँदै आएको थियो । विमानस्थलमा उडानका लागि कम्तीमा पाँच किलोमिटर वरपरको डाँडा देखिनुपर्छ । 

विमानस्थल खुलेपछि बुद्ध एयरको एटिआर ७२ विमानले १६ दिनपछि उडान भरेको हो । उडान भएसँगै सडक यातायातबाट जान नसकेका सङ्खुवासभा र भोजपुर जिल्लाका वृद्धवृद्धा र बिरामीलाई फाइदा पुगेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस