अन्तिम समयमा मन्त्रिपरिषद् बैठक स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अन्तिम समयमा मन्त्रिपरिषद् बैठक स्थगित


७ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक स्थगित भएको छ ।

शुक्रवार साँझ ७ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठकका लागि सबै मन्त्रीहरूलाई बोलाउन लगाएको भए पनि अन्तिम समयमा आएर स्थगित भएको हो ।

मन्त्रीहरू बालुवाटार जानु केही अघि मात्रै अहिलेलाई बैठक नबस्ने तर कुनै पनि बेला बोलाउन सक्ने भएकाले तयारी अवस्थामा भनिएको बालुवाटार स्रोतले बतायो ।

सम्बन्धित समाचार : ७ बजे आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

Tags :
प्रतिक्रिया दिनुहोस