एमाले कार्यदलको पहिलाे बैठक दिउँसो ३ बजे बस्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमाले कार्यदलको पहिलाे बैठक दिउँसो ३ बजे बस्दै


४ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कार्यदलको बैठक आज दिउँसो तीन बजे बस्ने भएको छ । पार्टीभित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तयार गर्न सिंहदरबारमा बैठक बोलाइएको हो ।

कार्यदल गठनपछिको पहिलो बैठक आज बस्न लागेको हो । कार्यदल संयोजक केपी शर्मा ओली छन् भने माधव नेपाल पक्षका संयोजक भीम रावल छन् ।

कार्यदलमा भीम रावल, सुवास नेम्वाङ, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, शङ्कर पोखरेल, रघुजी पन्त र विष्णु रिमाल सदस्य रहेका छन् ।

कार्यदल जेठ २ गते बनेको थियो ।

वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओली र माधवनेपालबीच सहमति जुटेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस