जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै


१५ बैशाख २०८१, शनिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकाउपर छलफल हुने छ । बैठक दिनको ४ बजे पार्टी कार्यालयमा बस्ने छ ।

शुक्रबार बसेको बैठकमा विभिन्न तहगत समिति, निकाय, भ्रातृ सङ्गठन, पेसागत सङ्घ सङ्गठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव गरिएको निर्देशिका बैठकमा प्रस्तुत भएको थियो ।

निर्देशिकाले जसपाको करिब १ लाख ४६ हजार सङ्गठित पार्टी सदस्यमध्येबाट करिब एक हजार महाधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रस्ताव गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस