स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले गरे मतदान « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले गरे मतदान


१५ बैशाख २०८१, शनिबार


काठमाडौँ । इलाम-२ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले मतदान गरेका छन् । उनले आफ्नै जन्मगाउँ फाकफोकथुम–३ स्थित सिंहदेबी मा बि(क) बाट मतदान गरेका हुन् ।

यसअघि काँग्रेस उम्मेदवार डम्बर खड्का, एमालेका उम्मेदवार सुहाङ नेम्वाङ र रास्वपाका उम्मेदवार मिलन लिम्बुले आ–आफ्नो निर्वाचन केन्द्रमा मतदान गरिसकेका छन् । जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस