प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि विज्ञापन खुला « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि विज्ञापन खुला


१५ बैशाख २०८१, शनिबार


काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी,मा चार हजार ४६२ शिक्षकको लागि आवेदन माग गरेको छ । 

आयोगले आज एक सूचना जारी गर्दै सातै प्रदेशका लागि खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, अपाङ्गता, दलित, पिछडिएको क्षेत्र र तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाति, लगायतका विभिन्न समूहमा विज्ञापनद्वारा शिक्षक माग गरिएको हो । 

बागमती प्रदेशमा सबैभन्दा धेरै एक हजार १०३, कोशीमा १ हजार ०७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५,  सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आयोगले आवेदन खुलाएको छ । 

योग्यता पुगेका इच्छुकले जेठ १३ गतेसम्म र दोब्बर दस्तुरमा भने जेठ २० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस