आजदेखि टेलिकमको फोरजी भ्वाइस सेवा शुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आजदेखि टेलिकमको फोरजी भ्वाइस सेवा शुरु


३ जेष्ठ २०७८, सोमबार


नेपाल टेलिकम

काठमाडौँ । नेपाल टेलिकमले आज (सोमबार) देखि फोरजी भ्वाइस सेवा शुरु गरेको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा टेलिकमले आजबाट प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा यो सेवाको परीक्षण शुरुवात गरेको प्रवक्ता राजेश जोशीले बताए।

टेलिकमले आफ्नो सेवालाई समयानुकूल बनाउन आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा लेट प्रविधि अन्तर्गत भ्वाइस ओभर लङ र्टम इभोलुसन (भोल्ट)सेवा सञ्चालनमा ल्याएको जोशीले जानकारी दिए ।

यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता बड्ने टेलिकमले जनाएको छ ।

यो सेवा प्राप्त गर्न आफ्नो मोबाइलबाट स्टार ४४४ ह्याज डायल गरी प्राप्त निर्देशनहरुको अनुसरण गरी सिममा एक्टिभेट गर्न सकिने जनाएको छ । यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भोल्ट कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्ने टेलिकमले जनाएको छ ।

मोबाइल सेटको माथिल्लो लहरमा भोल्टको सङ्केत देखा परेपछि स्टार १११ ह्याज डायल गरेपछि यो सेवा लिन सकिन्छ । २८ दिनसम्म प्रयोग गर्न सकिने यो सेवा एक सय मिनेट भोल्ट भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउनेसमेत जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस