कर्मचारी विवरण पठाउन सामान्य प्रशासनको ताकेता, ५ दिन भित्र पठाउन पत्राचार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारी विवरण पठाउन सामान्य प्रशासनको ताकेता, ५ दिन भित्र पठाउन पत्राचार


२३ बैशाख २०७७, मंगलबार


समायोजन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश तथा स्थानीय तहका कर्मचारीको विवरण पठाउन ताकेता गरेको छ ।

मन्त्रालयले यसअघि १४ वैशाखमा सात वटै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सबै जिल्ला समन्वय समिति र स्थानीय तहलाई ७ दिन भित्र विवरण पठाउन पत्राचार गरिएकोमा सबै निकायबाट विवरण प्राप्त नभएको भन्दै पुनः पत्राचार गरेको हो ।

सम्बन्धित समाचार : ७ दिनभित्र निजामती कर्मचारीको विवरण पठाउन पत्राचार

सङ्घीयताको कार्यान्वयनका क्रममा कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउन एवं विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीको रोकथाम, नियन्त्रण र अन्य अत्यावश्यक सेवा प्रवाह गर्नका साथै कर्मचारी विवरण अद्यावधिक अभिलेखका लागि भन्दै मन्त्रालयले कर्मचारीको विवरण माग गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस