घाँटीबगर-टिंकर खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिने सरकारको निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घाँटीबगर-टिंकर खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिने सरकारको निर्णय


१८ बैशाख २०७७, बिहिबार


काठमाडौँ । सरकारले दार्चुला-टिंकर सडकलाई महाकाली लोकमार्गको रुपमा निर्माण गर्दै त्यसको जिम्मा नेपाली सेनालाई निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले सडकको कूल १३४ किमिमध्ये ठेक्का व्यवस्थापन हुन बाँकी ८७ किमि(घाँटीबगर–टिंकर) खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनामार्फत गराउने निर्णय गरेको हो ।

महाकाली करिडोरका रुपमा अघि बढाउन खोजिएको यो खण्ड भौगोलिक हिसावले निर्माणमा निकै कठीन छ ।

आर्थिक वर्ष ०६५÷६६ बाट निर्माण सुरु भएको यस सडकको काम लामो समयदेखि अलपत्र जस्तै बनेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस