तारकेश्वरमा राहत वितरण शुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तारकेश्वरमा राहत वितरण शुरु


प्रशासन संवाददाता

२७ चैत्र २०७६, बिहिबार


तारकेश्वर । काठमाडौँको तारकेश्वर नगरपालिकाका सम्पूर्ण वडामा राहत विवरण शुरु भएको छ ।

कोभिड – १९ बाट हुन सक्ने सम्भावित जोखिम ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि नगरपालिकाले दैनिक गुजारा चलाउन समस्यामा परेका नगरवासीलाई राहत वितरण शुरु गरेको हो ।

हाल समस्यामा परेका विपन्न, गरीब र अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न वितरण गरिएको नगरपालिकाका प्रवक्ता विदुर सापकोटाले बताए । बुधबारदेखि शुरु भएको राहत नगरपालिकाका सात हजार ११ परिवारले पाउने छन् ।

नगरपालिकाभित्र डेरा गरिबसेका र ज्यालामजदूरी गर्नेलाई प्राथमिकतामा राखेर राहत वितरण गरिएको जनाइएको छ ।

नगरपालिकाले तीनभन्दा बढी व्यक्तिको परिवारलाई ३० केजी चामल, तीन केजी दाल, दुई पोका नून, दुई लिटर खाने तेल, एक केजी चिनी र दुई साबुन प्रदान गरेको छ । त्यस्तै तीनभन्दा कम सदस्य भएका परिवारलाई त्यसको आधा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै नाम सङ्कलन गर्दा चार सय एक जना पाइएको छ । ती सबैलाई होम क्वारेन्टाइनमा राखिएको नगरपालिकाका प्रवक्ता सापकोटाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस