२४ औँ वन्यजन्तु सप्ताह हुने « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

२४ औँ वन्यजन्तु सप्ताह हुने


२८ चैत्र २०७५, बिहिबार


काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा वैशाख १ देखि ७ गतेसम्म ‘वन्यजन्तु सप्ताह’ मनाइने भएको छ । विभागले हरेक वर्षझैँ यस वर्ष पनि ‘वन्यजन्तु संरक्षणका लागि सहकार्य’ भन्ने मूल नाराका साथ सप्ताहव्यापीरूपमा २४औँ वन्यजन्तु सप्ताह मनाउन लागेको हो ।

सप्ताहअन्तर्गत वन परिसर बबरमहलमा होर्डिङबोर्ड अनावरण, प्राकृतिक स्रोत संरक्षण समितिका सांसदद्वारा चितवन राष्ट्रिय निकुन्जको अवलोकन तथा चिडियाखाना जावलाखेलमा अन्तरक्रिया, माइतीघरमण्डलामा विद्यार्थीद्वारा चित्रकला प्रतियोगिता आयोजना गरिनेछ ।

यसैगरी, सूर्यविनायकमा चरा अवलोकन, पाटन दरबार क्षेत्रमा सरसफाइ, ‘वन्यजन्तु संरक्षणका लागि सहकार्य’ भन्ने शीर्षकमा कविता वाचन, पुरस्कार वितरण तथा समापन कार्यक्रम आयोजना गरिनेछ ।

विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले हरेक वर्षझैँ यस वर्ष पनि मुलुकमा भएका विभिन्न वन्यजन्तु संरक्षणका लागि ‘वन्यजन्तु सप्ताह’ मनाउन लागिएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस