वैदेशिक रोजगार विभागका नासु घुससहित अख्तियारको नियन्त्रणमा « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

वैदेशिक रोजगार विभागका नासु घुससहित अख्तियारको नियन्त्रणमा


२९ फाल्गुन २०८०, मंगलबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचलमा कार्यरत (नायब सुब्बा) प्रमोद निरौलालाई पन्ध्र हजार घुससहित नियन्त्रणमा लिएको छ।

आयोगले विशेष सूचनाको आधारमा मंगलबार निरौलालाई पन्ध्र हजार घुससहित पक्राउ गरेको हो।

आयोगको टंगालबाट खटिएको टोलीले निरौलालाई सेवाग्राहीबाट लिएको पन्ध्र हजार रुपैयाँ घुस र श्रोत नखुलेको एकहत्तर हजार छ सय बीस रुपैयाँसहित पक्राउ गरेको छ। निरौलामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।  

Tags :
प्रतिक्रिया दिनुहोस