बैठक स्थगन गर्न कोशीका मुख्यमन्त्री कार्कीले पठाए सभामुखलाई पत्र « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

बैठक स्थगन गर्न कोशीका मुख्यमन्त्री कार्कीले पठाए सभामुखलाई पत्र


१४ असार २०८०, बिहिबार


काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहान ८ बजेसम्मका लागि बैठक स्थगन गर्न माग गर्दै सभामुखलाई पत्र पठाएका छन्।

जवाफ दिन तयारी गर्न समय अपुग भएको भन्दै दलमार्फत पत्र पठाएको सभामुख बाबुराम गौतमले जानकारी दिए।

संसद्‌मा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै हिँडेका मुख्यमन्त्री नआएपछि सदन चल्न सकेको छैन। उनले यसअघि सभामुखलाई फोन गरेर थप एक घण्टाको समय मागेको बताइएको छ । 

मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरू मुख्यमन्त्री कार्यालयमा छलफल गरिरहेको बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस