प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती गर्न माग « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती गर्न माग


८ असार २०८०, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले)ले प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती र सचिवालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न माग गरेको छ ।

प्रतिनिधि सभाको शुक्रबारको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुतिसहित छलफलमा भाग लिँदै एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो माग गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालयमा ७९ जनाको दरबन्दी रहनु आवश्यकताभन्दा बढी भएको र भएका कर्मचारीलाई प्रभावकारी रूपमा परिचालन गर्न नसकिएको उनको दाबी छ।

प्रमुख सचेतक गिरीले नीति तथा कार्यक्रममा उल्लेख भएका हातहतियार खरिद गर्ने विषय बजेटमा नल्याइनु विडम्बना भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पर्यटनलक्षित नयाँ कार्यक्रम नभएको बताए। उनले बिनातयारी विमानस्थलको संख्या बढाउँदै मुलुकले आर्थिक नोक्सानी व्यहोर्नेतर्फ पनि ध्यानाकर्षण गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस