पार्टीसँग मदन राईको कुनै सम्बन्ध छैन : रास्वपा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पार्टीसँग मदन राईको कुनै सम्बन्ध छैन : रास्वपा


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मदन राईसँग पार्टीको कुनै किसिमको सम्बन्ध नभएको बताएको छ। शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै रास्वपाले यस्तो जानकारी दिएको हो । 

राईले किशोरकिशोरीमाथि गरेको दुर्व्यवहार निन्दनीय भएको पनि रास्वपाले बताएको छ।

उनलाई कानुनबमोजिम कारबाही हुनुपर्छ भन्नेमा रास्वपा स्पष्ट भएको पनि पार्टी प्रवक्ता तथा महामन्त्री मुकुल ढकालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार : कृषिविज्ञ मदन राई पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस