घुस रकमसहित इन्जिनियर पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

घुस रकमसहित इन्जिनियर पक्राउ


२७ चैत्र २०७९, सोमबार


घुस

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना इन्जिनियरलाई पक्राउ गरेको छ ।

आयोगले बर्जु गाउँपालिकाका इन्जिनियर अजय कुमार महतलाई २० हजार घुस रकम सहित पक्राउ गरेको हो ।

इन्जिनियर महतले घर नक्सा पास गराउन सेवाग्राहीसँग घुस मागेको भन्ने खबर पाएपछि इटहरीबाट खटिएको आयोगको टोलीले विराटनगर महानगरपालिका–५ स्थित पुल्चोकबाट घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस