माओवादी, जसपा र एकीकृत समाजवादीको बैठक बस्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

माओवादी, जसपा र एकीकृत समाजवादीको बैठक बस्दै


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौं । नेकपा माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीको बैठक आजै बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादी नेताहरुले बिहीबार एकीकृत समाजवादीका नेताहरूसँग छलफल गरेका थिए ।

सम्बन्धित समाचार : गठबन्धन टुटिसकेको छैन : प्रधानमन्त्री प्रचण्ड

सम्बन्धित समाचार : राष्ट्रपतिमा आकाङ्क्षी धेरै छन् : माधव नेपाल

सम्बन्धित समाचार : गठबन्धन बदल्ने अझै टुङ्गो छैन : नारायणकाजी श्रेष्ठ

सिंहदरवारमा भएको छलफलमा एकीकृत समाजवादीका नेताहरुले माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्नेमा जोड दिएका थिए । ‘प्रधानमन्त्रीले पनि म त एकदमै सहमत छु, काँग्रेससँग पनि कुरा गरौँ भन्नुभएको छ,’ एक नेताले भने ।

काँग्रेससँग साँझ ६ बजे छलफल गर्ने तयारी छ । त्यसअघि ५ बजे माओवादी, जसपा र एकीकृत समाजवादीका नेताहरुबीच छलफल गर्ने सहमति भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस