माघमा रोजगारीका लागि १६ हजार युवा पुगे मलेसिया « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

माघमा रोजगारीका लागि १६ हजार युवा पुगे मलेसिया


११ फाल्गुन २०७९, बिहिबार


मलेसिया र नेपालबीच श्रम सम्झौता

काठमाडौँ । माघ महिनामा वैदेशिक रोजगारीका लागि ६४ हजार दुई सय ८४ जनाले श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या हो।

जसमध्ये सबैभन्दा धेरै मलेसिया जाने छन्। मलेसियाका लागि १६ हजार ६६३ जना युवाहरूले श्रम स्वीकृति लिएका छन्।

त्यस्तै मलेसियापछि नेपाली युवाहरूको आकर्षणमा साउदी र युएईमा देखिएको छ।

साउदीका लागि पाँच हजार ७४७ जनाले श्रम स्वीकृति लिएका छन्। युएईका लागि पाँच हजार १८३ जनाले श्रम स्वीकृति लिएका छन्।

माघमा क्यानडा, इजरायल, कोलम्बिया, बहराइन, अस्ट्रेलिया लगायत १०० मुलुकका लागि युवाहरूले श्रम स्वीकृति लिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस