आर्थिक शिथिलता चिर्ने गरी बजेट ल्याउन रास्वपाको सुझाव « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

आर्थिक शिथिलता चिर्ने गरी बजेट ल्याउन रास्वपाको सुझाव


१३ जेष्ठ २०८१, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले आर्थिक शिथिलता चिर्ने गरी आगामी आर्थिक वर्ष (आव) को बजेट ल्याउन सुझाव दिएका छन् ।

आइतबार आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमबारे संसदको छलफलमा भाग लिँदै उनले यो नीति तथा कार्यक्रममा पार्टीको पूर्ण समर्थन रहेको समेत उल्लेख गरेका हुन् ।

उनले रास्वपाले सम्हालेका मन्त्रालयमा समेटिएको नीति तथा कार्यक्रमलाई बजेटले ठोस रूपमा सम्बोधन गर्ने समेत उल्लेख गरे । उनले काँग्रेसले संसदमा गरिरहेको अवरोधलाई ‘औचित्यहीन’ समेत भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस