सांसदहरूबाटै गैर संवैधानिक अभिव्यक्ति आउन थाले : सभामुख घिमिरे « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सांसदहरूबाटै गैर संवैधानिक अभिव्यक्ति आउन थाले : सभामुख घिमिरे


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसदहरूबाट नै गैर संवैधानिक अभिव्यक्ति आउन थालेको बताएका छन् ।

झापाको बिर्तामोड नगरपालिकाले बिहीबार आयोजना गरेको सम्मान कार्यक्रममा उनले संसदमा रहेका १२ वटा केही सांसदले नै संविधानको भावना विपरीत अभिव्यक्ति दिइरहेको सभामुख घिमिरेले बताए।

उनले अहिले देशको राजनीतिक अवस्थाका साथै आर्थिक अवस्था धेरै बिग्रिएको उनले बताए ।

झापा क्षेत्र नं २ का सांसदसमेत रहेका घिमिरेले देशको आर्थिक अवस्था निकै बिग्रिएकाले अर्थमन्त्री विष्णु पौडेलले खर्च कटौती गर्ने प्रस्ताव संसदमा पेस गरेको बताए ।

यस्तै बिर्तामोड नगरपालिकाद्वारा सम्मानित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले जनताका कामलाई अगाडि बढाउन आफ्नो तर्फबाट सक्दो प्रयास रहने बताइन् । आफूले विगतमा गरेका काममा जनप्रतिनिधिहरूले विरोध गरेका कारण आफू राजनीतिमा आउनु परेको उनको भनाइ थियो ।

बिहीबार नगरपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा सभामुख घिमिरे तथा उपसभामुख रानामगरलाई सम्मान गरिएको हो ।

दुवैजनाको स्थायी ठेगाना झापाको क्षेत्र नं २ अन्तर्गत अर्जुनधारा नगरपालिका क्षेत्रमा पर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस