जोरपाटी साँखु सडक दुई वर्षमा स्तरोन्नति गर्न नसके राजीनामा दिन्छु : ओनसरी घर्ती « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

जोरपाटी साँखु सडक दुई वर्षमा स्तरोन्नति गर्न नसके राजीनामा दिन्छु : ओनसरी घर्ती


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओनसरी घर्ती मगरले जोरपाटी-साँखु सडक दुई वर्षमा स्तरोन्नतिको कार्य सम्पन्न गर्न नसके राजीनामा दिने घोषणा गरेकी छन् ।

काठमाडौँ उपत्यकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेकी हुन् । 

साँखु बजार र साली नदीको पर्यटकीय स्थलका रूपमा विकास गर्ने, जर्सिङपौवालाई संग्राहालयका रूपमा विकास गर्ने उनको प्रतिबद्धता छ । दक्षिण ढोका, मुलपानी लगायतका क्षेत्रमा रहेको डुबानको समस्या समाधानका लागि योजना बनाएर काम गर्ने उनको घोषणा छ ।

मूलपानीमा निर्माणाधीन क्रिकेट रङ्गशाला छिट्टै सम्पन्न गर्न भूमिका खेल्ने, एयरपोर्ट निर्माणका क्रममा समस्यामा परेकाहरूको समस्या समाधानका लागि पहल गर्ने, कोटेश्वरको जाम हटाउन पहल गर्ने, नाङलेभारेमा कृषि तथा वन विज्ञान कलेज स्थापनालाई मूर्त रूप दिएर अगाडि बढाउने उनको प्रतिबद्धता छ ।

युवालाई रोजगारी वृद्धि, खेलकुदमा आकर्षण बढाउने, तरकारी उत्पादन र बजारीकरणका लागि योजना बनाएर काम गर्ने, महिला अधिकार हकहितका लागि काम गर्ने लगायतका उनको प्रतिबद्धता छ ।

Tags :
प्रतिक्रिया दिनुहोस