संवर्द्धन प्रणालीबाट वन व्यवस्थापन गर्ने कर्मचारीहरूको प्रतिबद्धता « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

संवर्द्धन प्रणालीबाट वन व्यवस्थापन गर्ने कर्मचारीहरूको प्रतिबद्धता


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । लुम्बिनी प्रदेशका वन प्राविधिकहरूले संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन नै वैज्ञानिक भएकाले यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रदेशभरका वन क्षेत्रका उच्च तहदेखि प्राविधिकसम्मका कर्मचारीहरूको भेलाले संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापनबाट राज्यले आर्थिक लाभ लिन सक्ने र प्रशस्त रोजगारी सिर्जना हुन सक्ने भन्दै यसको विकल्प अरु हुन नसक्ने ठहर गर्दै वन तथा वातावरण मन्त्री अर्जुनकुमार केसीलाई प्रतिबद्धता पत्र बुझाएको हो ।

प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले,निर्देशक दधिलाल कँडेल,जिल्ला वन कार्यालय प्रमुखसहित प्राविधिक उपसचिव,अधिकृत लगायत वन प्राविधिकहरूले बुझाएको प्रतिवद्धतापत्रमा राष्ट्रिय वन नीति २०७५, संघीय वन ऐन २०७६, संघिय वन नियमावली २०७९ को नियम १५ लगायतका कानूनी प्रावधान अनुसार वन सम्वद्र्धन प्रणालीमा आधारित रहेर वनको व्यवस्थापन गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको स्मरण गराउँदै यो प्रणालीबारे फैलाइएका भ्रममा नपरी पूर्ण कार्यान्वयनमा नवनियुक्त विभागीय मन्त्रीलाई कर्मचारीको पूर्ण साथ रहने उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस