फोहोर व्यवस्थापनबारे ठोस प्रस्तावसहित एमाले मुख्यालय आउन बालेनलाई योगेशको आग्रह « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

फोहोर व्यवस्थापनबारे ठोस प्रस्तावसहित एमाले मुख्यालय आउन बालेनलाई योगेशको आग्रह


२९ श्रावण २०७९, आइतबार


काठमाडौँ । सांसद योगेश कुमार भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापनमा सरकारले चासो नदेखाएको भन्दै आपत्ती जनाएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले राजधानीको फोहोर व्यवस्थापनमा सरकारले चासो नदेखाएको भन्दै काठमाडौंका मेयर बालेन शाहलाई ठोस प्रस्तावसहित एमाले मुख्यालय आउन आग्रह गरेका छन् ।

‘काठमाडौंको फोहोर उठ्न नसकेको आज ७१ दिन भयो। यसमा प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पहल गर्नु भएको छैन,’उनले भने,’ त्यसैले म काठमाडौंका मेयर बालेन शाहालाई ठोस प्रस्तावसहित एमाले मुख्यालय आउन अनुरोध गर्दछु। तपाईँलाई एमालेले पूर्ण क्षमताका साथ सहयोग गर्छ। तपाईं हडबडाउनु भयो भने तपाईं असफल हुने निश्चित छ।’ सांस्कृतिक सहर काठमाडौं बचाउन सबै जुट्न आग्रह गरे।

Tags :
प्रतिक्रिया दिनुहोस