कोशीको आर्थिक मामिला मन्त्रालयले पठायो २८ अर्ब बढीको बजेट सिलिङ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कोशीको आर्थिक मामिला मन्त्रालयले पठायो २८ अर्ब बढीको बजेट सिलिङ


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ। आगामी आर्थिक वर्ष २०८१-८२ का लागि कोशीको आर्थिक मामिला तथा योजना मन्त्रालयले मन्त्रालयहरूमा २८ अर्ब ५० करोड रुपैयाँको सिलिङ पठाएको छ ।

मन्त्रालयले समानीकरण अनुदान, राजश्व बाँडफाँड र प्रदेशको आन्तरिक आयको स्रोतका आधारमा बजेट सिलिङ तयार गरी विषयगत मन्त्रालयहरूसँग योजना माग गरिएको जानकारी दिएको छ । 

मन्त्रालयको प्राथमिकता, प्रदेश सरकारको आवधिक योजना र प्राथमिकता तथा संघीय सरकारको प्राथमिकताहरूलाई समावेश गरेर योजना पेश गर्न भनिएको मंगलबार कोशी प्रदेश सभाको अर्थ समितिले आयोजना गरेको पूर्व बजेट छलफलमा बताइएको छ । 

कोशी प्रदेश सरकारको आन्तरिक आम्दानी निरन्तर घट्दै गइरहेको उनले जानकारी गराएका थिए । चालु वर्षको चैतसम्म प्रदेश सरकारले २ अर्ब ६६ करोड रुपैयाँ राजश्व आम्दानी गरेको छ । आर्थिक वर्ष २०७८-७९ मा ४ अर्ब ९ करोड रुपैयाँ आम्दानी भएको थियो ।

चालु आर्थिक वर्षको बजेट ४१ प्रतिशत खर्च गरेको छ । धेरै आयोजनाहरू सम्झौता भएर सञ्चालनमा गइसकेको हुँदा आर्थिक वर्षको अन्तिमसम्ममा करिब ८० प्रतिशत बजेट खर्च हुने मन्त्रालयको अनुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस