अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाको मृत्यु


८ असार २०७९, बुधबार


काठमाडौँ । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु भएको छ । कम्तिमा १५० जना घाइते भएका छन् ।

अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो ।

एक जना स्थानीय अधिकारीले बिबिसीसँग २५० जनाभन्दा बढीको ज्यान गएको बताएका छन् । क्षति योभन्दा पनि बढी भएको हुनसक्ने अनुमान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस