दाङमा ५२० पदका लागि दुई हजार ४१२ जनाको उम्मेदवारी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दाङमा ५२० पदका लागि दुई हजार ४१२ जनाको उम्मेदवारी


१४ बैशाख २०७९, बुधबार


दाङ । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा ५२० पदका लागि दुई हजार ४१२ जनाले मनोनयन दर्ता गराएका छन् ।

दाङका १० वटै स्थानीय तहका विभिन्न पदमा पाँच दलीय गठबन्धन, नेकपा (एमाले), अन्य दल र स्वतन्त्रबाट उम्मेदवारी परेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार जिल्लाका दुई उपमहानगरसहित १० पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, १०० वडाध्यक्ष र सदस्य पदका लागि उम्मेदवारी परेको हो ।

प्रमुख÷अध्यक्षमा ८७, उपप्रमुख/उपाध्यक्षमा ६५, वडाध्यक्षमा ५५१, खुला सदस्यमा ९०३, महिला सदस्यमा ४२८ र दलित महिला सदस्यमा ३७८ जनाको उम्मेदवारी परेको छ ।

घोराही उपमहानगरपालिकामा ४४०, तुलसीपुर उपमहानगरपालिकामा ५३२, लमही नगरपालिकामा २४२, दङ्गीशरणमा १६२, गढवामा १९५, राप्तीमा २३३, राजपुरमा १८८, बङ्गलाचुलीमा ११५, शान्तिनगरमा १४८ र बबईमा १५७ जनाको उम्मेदवारी परेको कार्यालयले जनाएको छ ।

घोराही उपमहानगरपालिका प्रमुखमा १५ र उपप्रमुखमा आठ तथा तुलसीपुर उपमहानगरपालिका प्रमुखमा १२ र उपप्रमुखमा आठ जनाको उम्मेदवारी परेको छ ।

दुई उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिकामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल भएको छ ।

अन्य पालिकामा भने दलहरूले छुट्टाछुट्टै प्यानल खडा गरी उम्मेदवारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस