गभर्नर निलम्बन गरेकोमा प्रधानमन्त्री देउवा र प्रचण्डसँग डा. लोहनीले मागे जवाफ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

गभर्नर निलम्बन गरेकोमा प्रधानमन्त्री देउवा र प्रचण्डसँग डा. लोहनीले मागे जवाफ


२६ चैत्र २०७८, शनिबार


काठमाडौँ । पूर्व अर्थमन्त्री तथा राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले अवैध भनेर अमेरिकाले जफत गर्न भनेको कालो धन छुटाउने अर्थमन्त्रीको आदेश नमान्ने राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग जवाफ मागेका छन् ।

लोहनीले अवैध भनी अर्को राष्ट्रले रकमबारे अनुसन्धान गर्ने गभर्नर निलम्बन गर्ने कि अर्थमन्त्री बर्खास्त हुने ? भन्ने प्रश्न समेत गरेका छन् । लोहनीले राष्ट्र बैङ्कले छानबिन गरिरहेको रकम छाड्न आदेश दिने अधिकार अर्थमन्त्रीसँग नहुने समेत बताएका छन् ।

लोहनी भन्छन्– ‘अवैध भनी अर्को राष्ट्रले भनेको कमबारे अनुसन्धान गर्ने गभर्नर निलम्बन हुने कि अर्थमन्त्री बर्खास्त हुने ? मेरो प्रश्न कमरेड प्रचण्ड र प्रधानमन्त्रीसँग के उत्तर छ ? के यही हो अग्रगमनको उदाहरण ?’

Tags :
प्रतिक्रिया दिनुहोस