दसैंको बेला शक्तिपीठमा नित्यपूजा मात्र गर्न गृहको निर्देशन « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

दसैंको बेला शक्तिपीठमा नित्यपूजा मात्र गर्न गृहको निर्देशन


३० आश्विन २०७७, शुक्रबार


काठमाडौं । गृह मन्त्रालयले दसैंको समयमा शक्तिपीठहरुमा भीडभाड नगरी नित्यपूजा मात्र गर्न निर्देशन दिएको छ ।

सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर गृहले यस्तो निर्देशन दिएको हो।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई शक्तिपीठमा भीडभाड हुन नदिन बिहीबार परिपत्र गरेको गृह मन्त्रालयका प्रवक्ता सह-सचिव चन्द्रबहादुर बुढाले जानकारी दिए ।

‘शक्तिपीठमा भीडभाड गर्नु भएन’, गृह प्रवक्ता बुढाले भने, ‘नृत्यपूजाका लागि शक्तिपीठहरु खुल्छन् । तर, त्यहाँ भीडभाड हुन नदिन सबै जिल्ला प्रशासनलाई परिपत्र गरेका छौँ ।’

यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दसैंमा शक्तिपीठ तथा मठमन्दिर खोल्न आग्रह गर्दै सीसीएमसीलाई सिफारिस पठाएको थियो गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस