कृषि क्षेत्रमा कोरोनाको असर र अबको सम्भावना « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

कृषि क्षेत्रमा कोरोनाको असर र अबको सम्भावना


१४ जेष्ठ २०७७, बुधबार


चीनको वुहानबाट विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट हाल सम्म विश्वका करिब ३ लाख बढी मानिस को मृत्यु भइसकेको छ, भने ५७ लाख जनसङ्ख्या सङ्क्रमित भएका छन्। विश्वका शक्तिशाली र विकसित राष्ट्र मा समेत यसको महामारी द्रुत गतिमा फैलिरहेको छ। मानिसहरूको दैनिकी अस्तव्यस्त भएको छ । विश्वका अधिकांश मुलुकको आर्थिक वृद्धिदर प्रेरणात्मक वा शून्य हुने चेतावनी विश्ववैंकले दिइसकेका छ। नेपालमा पनि यसको असर प्रत्यक्ष रूपमा परिरहेको छ।

अर्थतन्त्रको अधारस्तम्भका रूपमा रहेका कृषि, विप्रेषण, पर्यटन, व्यापार, उद्योग, हवाई उडान तथा यातायात सेवा, शैक्षिक क्षेत्र लगायत प्रत्यक्ष र पूर्ण रूपमा प्रभावित बनेको छ । मुलुक विगत ३ महिनादेखि बन्दा बन्दीको अवस्थामा छ । यसको असरले विकराल रूपलिन सक्ने देखिन्छ । वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वदेशमा स्थापित गर्नु, मुलुकमा रहेका स्नातकोत्तर युवा जनशक्तिलाई रोजगारीमा संलग्न गराउनु , अस्ताएको पर्यटन व्यवसायमा नवकिरण छर्नु, तथा अन्य उद्योग, व्यापार, शैक्षिक क्षेत्रलाई पूर्ण रूपमा गतिशील बनाउन निकै चुनौतीपूर्ण रहेको छ । त्यसै गरी कृषि क्षेत्रमा यसको प्रत्यक्ष असर परेको छ । उत्पादित खाधान्नवस्तु, तरकारी, फलफूलको उपयुक्त बजार नह्रनु, लागत अनुसारको मूल्य कायम नहुनु जस्ता समस्या ले गर्दा उत्पादित वस्तु खेर गइरहेको छ भने उपभोक्ताहरू महँगीको चपेटामा परेका छन् ।

यस्तो अवस्थामा सरकारद्वारा कृषि क्षेत्रका लागि विशेष कार्यक्रम तथा योजनाहरू ल्याउनु पर्ने देखिन्छ ।
– योजना तथा बजेटमा कृषिलाई विशेष प्राथमिकतामा राख्ने ।
–कृषियोग्य भूमिलाई पूर्णरूपीमा उपयोग गर्ने सम्बन्धी नीति ल्याउने।
–कृषिलाई आधुनिकीकरण र विविधीकरण गर्ने।
–कृषि औजारको मुख्य उपजको रूपमा रहेको विउविजन तथा रासायनिक मललाई सहजीकरण गर्ने।
–कृषि कर्जालाई सहुलियत ब्याजमा उपलब्ध गराउन वित्तीय संस्थासँग सम्झौता गर्ने।
–विद्यालय तथा विश्वविद्यालय स्तरमा कृषि प्राविधिक शिक्षालाई अनिवार्य गर्ने।
–अग्रिकल्चर बेस्ड इन्डस्ट्री तथा बगर खेती प्रविधिलाई जोड दिने।
–रासायनिक मल (युरिया, डिएपी, पोटास) लाई स्वदेशमै उत्पादन गर्न लगानी मैत्री वातावरण निर्माण गर्ने।
–कृषि बिमालाई अनिवार्य गर्ने।

मुलुकमा कोभिड १९ को प्रभावले गर्दा निकट भविष्यमा खाद्यसंकटको अवस्था अउनसक्ने प्रबल सम्भावना रहेको छ। विगत वर्षको तथ्याङ्क हेर्दा करिब ७१ अर्व को खाद्यान्न नेपाल भित्रिएको छ, भने विउविजन तथा मल समेत भारत, बङ्गलादेश, भुटान जस्ता मुलुकबाट इम्पोर्ट गर्नु पर्ने अवस्था छ ।

तसर्थ रासायनिक मलको उद्योग स्वदेशमा स्थापना गर्न सकेमा ठुलो सङ्ख्यामा रोजगारी सृजना हुनुको साथै ठुलो रकम बाहिरिने समस्यासमेत हलहुन सक्छ । यस्ता कृषि सामग्री (विउविजन तथा मल) लाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सकेमा कृषि उत्पादनमा वृद्धि भई मुलुक कृषिमा आत्मनिर्भर हुनुका साथै अर्थतन्त्रमा समेत योगदान हुन सक्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस