उच्चस्तरीय समितिको आकस्मिक बैठक बस्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

उच्चस्तरीय समितिको आकस्मिक बैठक बस्दै


११ चैत्र २०७६, मंगलबार


काठमाडौँ । कोरोना भाइरस(कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न सरकारद्वारा गठित उच्चस्तरीय समन्वय समितिको बैठक मङ्गलवार दिउँसो २ बजे बस्दैछ ।

लकडाउन पश्चात् मुलुकको अवस्था समीक्षा गर्न, कोरोना सङ्क्रमणको पछिल्लो अवस्था र जनजीवनबारे आवश्यक निर्णय लिने बुझिएको छ ।

यसैबिच भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको विषयबारे पनि छलफल हुने बुझिएको छ यद्यपि कोरोनाबाट नै हो या होइन भन्नेबारे रिपोर्ट आउन बाँकी छ । उच्च ज्वरो र रुघाखोकीलागेपछि चितवन मेडिकल कलेजबाट रिफर गरेर कोरोना विशेष अस्पताल पठाइएका उनको आज बिहान ७ बजे उपचारका क्रममा मृत्यु भएको थियो ।

त्यस्तै भारतीय सीमा नाकामा घर फर्किने नेपालीहरूको समस्या जटिल बन्दै गएपछि यसबारे पनि छलफल हुँदैछ । गौरिफन्टा, बनबसा लगायतका सीमा–नाकामा भारततर्फबाट आएका सयौँ नेपाली अलपत्र छन् । अलपत्र परेका नेपाली नागरिकलाई नेपाल भित्रन निर्देशन दिइएपछि मङ्गलवार यो सङ्ख्या झनै बढेपछि थप अन्योल बढेको हो ।

भारततर्फबाट आउने नेपालीहरूलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने भनिए पनि ठुलो सङ्ख्यामा भएका कारण अटेर गरेर भाग्नेको सङ्ख्या बढेकाले जोखिम बढेको समितिको ठहर छ । आज बस्ने बैठकले यसबारे थप निर्णय लिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस